नेप्से दोस्रो दिन पनि घट्यो, जलविद्युत कम्पनीको शेयरमा भने आकर्षण

शेयर बजार सूचक मापक नेप्से दोस्रो दिन पनि घटेको छ । सोमबार ४.७२ अंकले घटेको नेप्सको गिरावट मंगलबार बढेर ७.२१ अंकमा पुगेको छ । घट्दो बजारमा जलविद्युत कम्पनीको शेयरमूल्यमा भने लगानीकर्ता आकर्षित बनेका छन् । जसले शेयरमूल्य बढ्ने अधिकांश कम्पनी यसै उपसमूहका रहेका छन् । लामो समयदेखि अंकित मूल्यभन्दा तल झरेका जलविद्युत कम्पनीको शेयरको भाउ…