एकैदिन हालसम्म सबैभन्दा धेरै कोरोना पुष्टि, बुधबार थप ८ को मृत्यु

नेपालमा बुधबार एक हजार ५३९ जनामा कोरोना भाइरस संक्रमण (कोभिड १९) पुष्टि भएको छ । देशभरका विभन्न प्रयोगशालामा १० हजार ४९४ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५८ हजार ३२७ जना पुगेको छ । यो संख्या देशभर हालसम्म एकैदिन संक्रमण पुष्टि भएको भन्दा धेरै हो ।…