निषेधाज्ञाकै अवस्थामा लक्ष्यको ७७% राजश्व संकलन, भदौमा १७ अर्ब

आन्तरिक राजस्व विभागले भदौ महिनाको २५ गतेसम्म झण्डै १७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ७७ प्रतिशत हो । विभागका अनुसार भदौ २४ गतेसम्ममा १२ अर्ब हाराहारी राजश्व संकलन भएकोमा २५ गते करिब ५ अर्ब राजश्व उठेको छ । यो महिनामा १७ अर्ब हाराहारी रावश्व संकलन भएको विभागका एक अधिकारीले जानकारी दिए।…