२५ अर्ब स्थायी निक्षेप सुविधा लिएका बैंकलाई निक्षेप संकलन उपकरण पनि

वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा संगै निक्षेप संकलन उपकरण पनि प्रयोग गर्दै आएको छ । बुधबार २५ अर्ब स्थायी निक्षेप सुविधा लिएका बैंकहरुका लागि केन्द्रीय बैंकले बिहीबारलाई निक्षेप संकलन उपकरण प्रयोग गर्ने भएको हो । बैंकहरुले बुधबार २४ अर्ब ७५ करोड रुपैयाँ बरावरको अधिक तरलता केन्द्रीय बैंकमा राखेका छन्…