घरायसी ग्राहककोमा स्मार्ट मिटर जडान सुरु, घरघरमा गएर मिटर रिडिङ गर्नु नपर्ने

 नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानिलकण्ठ नगरपालिका-९ को वडा कार्यालय मंडिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको शुभारम्भ गरे । मुलकभर हाल करिब ५० लाख सिंगल फेजका ग्राहक रहेकोमा…