कोभिड–१९ महामारीका कारण देशकै प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत पर्यटकीय क्षेत्रमा नराम्ररी असर पुगेको भन्दै पर्यटन क्षेत्रसँग आबद्ध व्यवसायीले घरभाडामा ५० प्रतिशत छुट दिन माग गरेका छन् ।बन्दाबन्दीका कारण तीन महिनादेखि प्रायः ठप्प ठमेल क्षेत्रका व्यवसायीले अहिलेकै अवस्थामा व्यवसायी पलायन हुने अवस्था सिर्जना रहेको भन्दै ५० प्रतिशत भाडा समायोजन गरिदिन ठमेलका घरधनीलाई आग्रह गरेका हुन् ।…