नेपाली बजारमा सुन अहिलेसम्मकै महङ्गो भएको छ । असार ८ गते सोमबार पनि पहेँलो धातु सुनको मूल्य तोलामा नै ४०० रुपैयाँ बढेर एक तोलाकै ९१ हजार पुगेको छ। यस्तै चाँदीको भाउमा पनि क्रमश: वृद्धि हुँदै आइरहेको छ। सुनचाँदीको मूल्य दिनदिनै उकालो लाग्दै आएको छ। चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ। विश्वभर फैलिएको कोरोना…