प्रदेश नं २ सरकारले चालू आर्थिक वर्षभन्दा झण्डै १० अर्ब कम बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि करिब २९ अर्बको बजेट ल्याउने भएको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा सरकारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो। जसमा चालूतर्फ १९ अर्ब ११…