टोखामा कोरोना सङ्क्रमण भेटिएको घर सिल

टोखा नगरपालिकाले कोरोना सङ्क्रमित देखिएको घर सिल गरेको छ । टोखाले वडा नं ९ बुद्धमार्गमा शनिबार ३१ वर्षीय महिलामा कोभिड–१९ सङ्क्रमण देखिएसँगै उक्त महिला बस्ने घरलाई सिल गरेको हो । टोखा–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले कोरोना सङ्क्रमित देखिएको घरलाई सिल गरेर कन्ट्र्याक ट्रेसिङको कामलाई अगाडि बढाइएको बताए । “उक्त घरलाई प्रहरीले निगरानी बढाएको छ, नगरपालिकाको…