बेरोजगारलाई रोजगारी उपलब्ध गराउन प्रधानमन्त्री रोजगार कार्यक्रम

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बेरोजगारलाई रोजगारीको अवसर उपलब्ध गराउन सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको दोहो¥याएका छन् । विनियोजन विधेयक, २०७७ अन्तर्गत श्रम मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले वैदेशिक रोजगारीबाट फर्केका तथा कोभिड–१९ का कारण श्रम स्वीकृति लिएर पनि वैदेशिक रोजगारीमा जान नपाएका युवालाई उक्त कार्यक्रमअन्तर्गत रोजगारीको…