र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा कोरोना भाइरसको सङ्क्रमण देखिएका काभ्रेका दुई युवाको थप परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। उनीहरुको धुलिखेल अस्पतालमा बुधबार पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) परीक्षणमा कोरोना भाइरस नेगेटिभ देखिएको हो। दुवै युवा विदेशबाट घर फर्किएका हुन् । मङ्गलबार सङ्क्रमण देखिएपछि उनीहरुलाई थप परीक्षणका लागि सोही दिनदेखि धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला स्वास्थ्य…