दुबईबाट फर्किएका झापाका एक युवकमा देखियो एन्टिबडी पोजिटिभ

र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षणका क्रममा झापाका एक युवकमा पनि एन्टिबडी पोजिटिभ देखिएको छ । बुधबार हल्दिबारी गाउँपालिकामा गरिएको आरडीटी परीक्षणका क्रममा वडा नं. २ का २९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको टोलीले गाँपालिकास्थित होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको थियो…