महानगरले व्यवस्थापन गर्नेमा आशावादी छैनन् फुटपाथ व्यवसायी, ‘तथ्यांक संकलनको काम हुँदैछ’ – महानगर

केही समय पहिला फुटपाथ व्यवसाय गरेर आय आर्जन गरिरहेकी गोमा सुवेदी अहिले विदेश जाने तयारीमा छिन् । उनले फुटपाथ पसल छाडेको एक वर्ष बित्यो । फुटपाथमा व्यापार गरेरैै आफ्ना बालबच्चा पढाइरहेकी उनलाई महानगरपालिका मेयर बालेन्द्र शाहले केही व्यवस्था गर्छन् कि जस्तो लाग्थ्यो । अब त उनको त्यो आश पनि मरेर गयो । उनले अब नेपालमा…