आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु-याउने लक्ष्य, अनुमानित लगानी १११ खर्ब

आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको सोह्रौं योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको हो। योजना आयोगका प्रवक्ता यमलाल भुसालले सोह्रौं योजनाको बारेमा प्रस्तुतिकरण गर्दै आर्थिक वृद्धिदर बढाउने लक्ष्य रहेको बताए। उनका अनुसार आव २०७९/८० मा करिब ३.९ प्रतिशत…