नेपाल राष्ट्र बैंकले अल्पकालिन ब्याजदर बढाउनका लागि स्थायी निक्षेप सुविधा (एसडीएफ) लगत्तै निक्षेप संकलन उपकरण प्रयोग गरेको छ । केन्द्रीय बैंकले एसडीएफ मार्फत खिचेको तरलताले मात्र ब्याजदरमा असर नगरेपछि निक्षेप संकलन उपकरण पनि प्रयोग गरेको हो । एसडीएफको नियमीत तालिका अनुसार बैंक तथा वित्तीय संस्थाले बुधबार ७८ अर्ब ३५ करोड रुपैयाँ केन्द्रीय बैंकमा राखेका थिए…