रूसमा रेष्टुरेन्ट तथा क्याफे बन्द गर्न निर्देशन,संक्रमितको सङ्ख्या बढ्दै

रूसी सरकारले देशमा रहेका सबै रेस्टुरेन्ट तथा क्याफेहरु बन्द गर्न निर्देशन दिएको छ । शनिबारदेििख एक हप्तासम्म रेस्टुरेन्ट तथा क्याफेरूलाई बन्द गर्न निर्देशन दिइएको हो । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन यस्तो निर्णय लिनुपरेको रूसी अधिकारीहरूले बताएका छन् । शुक्रवार जारी गरिएको निर्देशनमा घरभन्दा बाहिर खानपिनका लागि जम्मा हुन नपाइने उल्लेख गरिएको छ ।…