प्रधानमन्त्रीलाई असहज महसुस भएपछि राति नै अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ। बिहीबार राती ११ बजे ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको स्रोतले बताएको छ। उनको स्वास्थबारे थप विवरण भने आउन सकेको छैन। स्रोतले भन्यो, ‘प्रधानमन्त्रीलाई असहज महसुस भएपछि यहाँ भर्ना गरिएको हो।’ ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११…