बैंकमा रकम झिक्ने सर्वसाधारणको भीड, अधिकांशको मास्क छैन

भक्तपुरको सूर्यविनायकस्थित राष्ट्रिय बाणिज्य बैंकमा आइतबार रकम झिक्न पुगेका सर्वसाधारणको भीड लागेको छ। सरकारले एकै ठाउँमा २५ जनाभन्दा बढी भेला नहुनु भने पनि बैंकमा रकम झिक्न पुगेका अधिकांशले मास्कसमेत लगाएका छैनन्।