नेपाल-चीन अन्तर्देशीय रेलमार्गको डिपिआर समयमा सम्पन्न गर्ने प्रतिबद्धता

चीन सरकारले प्रस्तावित नेपाल–चीन पहिलो अन्तर्देशीय केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।चीनमा सम्पन्न रेलमार्गबारे समीक्षा बैठकमा चिनियाँ पक्षले सो प्रतिबद्धता गरेको बैठकमा सहभागी रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले जानकारी दिनुभयो। नेपाल–चीन सचिवस्तरीय रेलवे संयन्त्रको बैठकमा सहभागी भई स्वदेश फर्कनुभएका महानिर्देशक बिसुरालले प्रस्तावित सो रेलमार्ग निर्माणलाई चीन सरकारले प्राथमिकतामा राखेको…