एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद, छानबिन गर्नुपर्छ : सांसद सिंह

प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको सेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका छन।   सांसद सिंहले एनसेलको सेयर खरिदबिक्रीमा कर छली भएको दाबी गरे। “जुन कम्पनीको वार्षिक ४० अर्बभन्दा बढी आम्दानी छ, त्यो कम्पनी साढे ६ अर्बमा कसरी बिक्री हुन्छ रु यो पत्याउन सकिन्न”, सांसद सिंहले भने।   …