प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आजदेखि कपिलवस्तुको तौलिहवामा आफ्नो २०२ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको तौलिहवा शाखा कार्यालयको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले गरे । यो शाखा सहित प्रभु बैंकको कुलशाखा संख्या २०२, एक्सटेन्सन काउन्टर संख्या ३८, शाखा रहित सेवा केन्द्र १७ र एटिएम संख्या १५२ पुगेको छ ।…