सङ्खुवासभाको भोटखोला र सिलिचोङमा पुग्न सकेन केन्द्रीय प्रसारण

सङ्खुवासभाको १० वटा स्थानीय तहमध्ये दुर्गम दुईवटा स्थानीय तहमा अझै पनि विद्युत्को केन्द्रीय प्रसारण लाइनमा जोडिएको छैन । भोटखोला र सिलिचोङ गाउँपालिका विद्युत्को केन्द्रीय प्रसारण लाइनमा जोडिन नसकेको हो । विद्युत्को केन्द्रीय प्रसारण लाइनमा नजोडिएका ती दुई गाउँपालिकाका केही गाउँमा भने धेरै पहिलेदेखि पेल्ट्रिक सेट, लघु जलविद्युत् पुगेका छन् । त्यस्तै, केही घरले सौर्यबत्ती जडान गरेर पनि…