धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२६ विन्दुले बढेर एक हजार १५५.३७ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.२४ विन्दुले ओरालो लागेको छ । नेप्से सामान्य बढे पनि कारोवार रकम भने औसतमा रहेको छ । कूल १६७ कम्पनीको आठ लाख ४०…