विमानस्थलबाट ८ किलो सुनसहित दुई चिनियाँ पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई बिहीबार राति ११ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। नेपाल एयरलाइन्सको विमानमार्फत हङकङबाट काठमाडौं आएका चेन छिन्जुवङ र चेन किघुवाङ ८ किलो सुनसहित पक्राउ परेका हुन्। दुवै चिनियाँ नागरिकलाई महानगरीय प्रहरी वृत्त (गौशाला)मा लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको…