खाद्य तथा गुणनियन्त्रण डिभिजन कार्यालयले दश वर्षदेखि बजारको अनुगमन नगरेका कारण वार्षिक ५० लाख राजश्व गुम्दै गएको छ भने अर्को तिर उपभोक्ता ठगिँदै आएका छन् । वीरगञ्जस्थित मीनाबजार, शहीदपार्क, मुर्लीबजार, विर्ताबजार लगायतका ठाउँमा रहेका आलुप्याज, किराना, तरकारी लगायतका व्यापारीले प्रयोग गर्दै आएका ढकतराजु, इलेक्ट्रोनिक ब्यालेन्स भएका तराजु, लिटर, कपडा नाप्ने मिटरको प्रयोग गर्न स्वीकृति नलिएको,…