लगानी फिर्ताको निर्देशनपछि नेपालमा रहेका ४८ उत्तर कोरियालीको भिसा रद्द

सरकारले नेपालमा रहेको उत्तर कोरियालीहरूको लगानी फिर्ता गराउने निर्णय गरेपछि व्यावसायिक भिसामा रहेका ३९ जना उत्तर कोरियाली नागरिकहरूलाई फिर्ता पठाएको अधिकारीहरूले बताएका छन्। राष्ट्रसङ्घका कडा प्रतिबन्धहरूको सामना गरिरहेको उत्तर कोरियाबाट नेपालमा भइरहेका व्यावसायिक गतिविधिहरूलाई लिएर पश्चिमा शक्तिराष्ट्रहरूले चासो प्रकट गरेका थिए। त्यसपछि नेपालले गत नोभेम्बर महिनाभित्र सबै लगानी फिर्ता लग्न उत्तर कोरियालीहरूलाई निर्देशन दिएको थियो।…