ठूला दरका भारतीय रुपैंया नेपाल ल्याउन पाउने तर भारत लैजान नपाउने

  काठमाडौं । भारतले नेपालमा ठूला दरका भारतीय रुपैंया ल्याउन पाउने तर लैजान नपाउनेगरी व्यवस्था गरेको छ । भारतीय रिजर्भ बैंकले विदेशी विनिमय प्रवद्र्धन विनियामली संशोधन गर्दै २०० र ५०० दरका भारतीय रुपैंया २५ हजारसम्मको सीमासम्म बोकेर आउन पाउने व्यवस्था गरेको हो । विनियामलीको नियम ८ (१) लाई संशोधन गर्दै यसअघि प्रतिबन्ध लगाइएका उक्त दरका…