आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता मङ्गलबारदेखि सिन्धुपाल्चोकको भोटेकोशी नदीमा हुने भएको छ। नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्सीज् (नारा) को आयोजनामा आगामी मङ्सिर १० गतेदेखि १२ गतेसम्म अन्तर्राष्ट्रियस्तरको ‘ १८ औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ प्रतियोगिता हुने भएको हो। नाराले पत्रकार सम्मेलन गरी साहसिक जलयात्रामार्फत मुलुकको पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरको ¥याफ्टिङ तथा कायाक…