द्रुतमार्ग अघि बढाउन कुनै बाधा अड्चन छैन– नेपाली सेना

नेपाली सेनाले राष्ट्रिय गौरव र रणनीतिक महत्वको रुपमा रहने काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको जिम्मेवारी समयसीमाभित्र पूरा गर्नका लागि आवश्यक सम्पूर्ण शक्ति लगाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारले स्वीकृत गरेको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)  र आयोजनाको प्रगतिबारेमा जानकारी दिने उद्देश्यले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा डिपिआर, जनशक्ति र बजेटको सुनिश्चितता भइसकेकाले…