प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले जनताले प्रत्यक्ष लाभ लिन नेपालको पूँजी बजार सुदृढ हुनुपर्ने बताउनभएको छ । नेपाल धितोपत्र बोर्ड काठमाडौँद्वारा आज यहाँ प्रदेश १ का सञ्चारकर्मीका लागि आयोजित आर्थिक तथा धितोपत्र बजारसम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा उनले सार्वजनिक खरीद ऐन संशोधनबाट राष्ट्रको ढुकटीमा रहेको रकम बजारमा आउने र बैंंकमा…