अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ मा वित्तीय क्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गरेका छन । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठकमा उनले संसद्मा ‘आव २०७५/७६ को आर्थिक सर्वेक्षण’ पेश गर्दै १८ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको, धितोपत्र बजार सुधारोन्मुख हुँदै गएको, स्थानीय तहमा वाणिज्य बैंकको सङ्ख्या ७१३ पुगेकाले वित्तीय क्षेत्रमा क्रमशः सुधार हुँदै गएको दाबी…