एनआरएनएको बद्री केसी समूहलाई अदालतले दिएन मान्यता

गैर आवासीय नेपाली संघ (एनआरएनए) मा बद्री केसीले नेतृत्व गरेको समूह अदालतबाट आधिकारिक मान्यता पाउन असफल भएको छ । उच्च अदालत पाटनले बुधबार परराष्ट्र मन्त्रालयलाई संस्था नवीकरण गर्नका लागि आदेश दिए पनि आधिकारिताको विषयमा भने केही बोलेको छैन । न्यायाधीशद्वय हरिप्रसाद पौडेल र कृष्णराम कोइरालाको इजलासले गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवीकरण गर्न परमादेश जारी…