नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को नारायणी नदीपारी रहेको सुस्ता गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । विसं २०७२ असोज १५ मा सम्झौता भएर नारायणी नदीमाथि निर्माण सुरु गरिएको नेपालकै लामो झोलुङ्गे पुलको काम आठ वर्षपछि बल्ल पूरा हुन लागेको हो । सस्पेन्सन बृज डिभिजन कार्यालयका साइट इञ्चार्ज (सव–इन्जिनियर) गोपालबहादुर थापाका अनुसार भारतीय भूमिसँग जोडिएको नदी…