यूएसएआईडीको सहयोगमा ‘आईटी हब’को गुरुयोजना बनाउँदै भरतपुर महानगर

भरतपुर महानगरपालिकाले सूचना प्रविधि (आईटी) को हब बनाउन अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को सहयोगमा काम अघि बढाएको छ। यूएसएआईडीले परामर्शदाता (कन्सल्टेन्ट) नियुक्त गरेर काम अघि बढाएको हो। यूएसएआईडीले डिलोइट (आईटीसम्बन्धी परामर्श दिने कम्पनी) लाई परामर्शदाता छनोट गरी काम अघि बढाएको छ। महानगरपालिकाका इन्जिनियर साकार लामाका अनुसार यो विश्वको चौथो ठूलोमध्येको आईटी परामर्श कम्पनी हो।…