नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसँग राजीनामा बुझाएका हुन । थानीले मंसिर २७ गते बुधबारदेखि लागू हुने गरी राजीनामा बुझाएको हुन। थानी २०७८ फागुन २६ गते तीन वर्षे कार्यवधिको लागि आयल निगमका कार्यकारी निर्देशकमा नियुक्ति भएका थिए। उनले पदावधि सकिनु १५ महिनाअघि…