अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेको बताएका छन् । राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताहको आज समापन गर्दै उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि जिम्मेवार निकायको उपस्थितिमा सर्वपक्षीय र सर्वदलीय छलफल गरिएको जानकारी दिए । 'विश्वकै अर्थतन्त्रमा शिथिलता छ,त्यो शिथिलता हामीले पनि भोग्यौँ, आन्तरिक र…