पूर्वीनाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात, गोलभेँडा मात्र १९ करोडभन्दा बढी

पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोजमा भारतबाट ४७ करोड ९७ लाख ६० हजार रुपैयाँ बराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ…