भ्रष्टाचारका अन्य फाइल पनि खुल्छन्, यो राजनीतिक स्टन्ट होइन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, बेथिती र तस्करीविरुद्ध सरकारले चालेको अभियान आवेग र राजनीतिक स्टन्ट नभएको बताएका छन्। समाजवादी मोर्चामा आबद्ध घटकका विद्यार्थी संगठनको मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचारमा संलग्न सबैलाई कारबाही गरिने बताएका हुन्। 'राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्नेविरुद्ध अभियान थालिएको छ। तस्करीविरुद्ध जेहाद छेडिएको छ। यो कदम रोकिनेवाला छैन। अझै…