नागरिकका आवश्यकता केन्द्रित बजेट बनाउन कांग्रेसको जोड

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका आवश्यकतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न सुझाव दिएका छन्। कांग्रेस संसदीय दलको आज बसेको बैठकमा उनले मुलुकको विषम आर्थिक परिस्थितिमा आगामी बजेटमा समेट्नुपर्ने विषयका बारेमा पार्टीका तर्फबाट सुझाव दिन सांसदहरुलाई आग्रह गरेका थिए। नागरिकका आवश्यकता सम्बोधन हुने गरी आगामी बजेट निर्माण हुनुपर्ने उनको भनाइ…