नेपाल उद्योग वाणिज्य महासंघले बाह्य क्षेत्रमा केही सुधार देखिएपनि अर्थतन्त्रको आन्तरिक स्वास्थ्य चिन्ताजनक रहेको बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सम्मिलित प्रतिनिधिमण्डल र एफएनसीसीआईका पदाधिकारी बीच आज महासंघ सचिवालयमा अर्थतन्त्रमा उत्पन्न समस्या एवं समाधानका उपायहरू सम्बन्धमा आयोजित वृहद छलफलमा महासंघका अध्यक्ष गोल्छाले बाह्य क्षेत्रमा केही सुधार देखिएपनि अर्थतन्त्रको आन्तरिक स्वास्थ्य भने चिन्ताजनक रहेको बताएका…