अरुण ३ जलविद्युत परियोजनास्थलमा उच्चस्तरीय भ्रमण, हालसम्मको भौतिक प्रगति ६१.२ प्रतिशत

नेपाल भ्रमणमा रहेकी बेलायतकी फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट मिनिस्टर अफ स्टेट (इन्डो-प्यासिफिक) एने-म्यारी ट्रेवेलियनले विहीबार संखुवासभा जिल्लामा निर्माणाधीन ९०० मेगावाटको अरुण ३ जलविद्युत परियोजनाको भ्रमण गरेकी छन्। उनले परियोजनाको विद्युत गृह स्थल तथा ट्रान्सफर्मर बे को अवलोकन गर्दै नेपालले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादनका क्षेत्रमा अभूतपूर्व उपलब्धि हासिल गर्नेतर्फ मुखरित रहेको भन्दै खुसी व्यक्त गरिन्…