नेपाल सरकारले कोरियाका लागि मौसमी कामदारका रुपमा नेपाली कामदारलाई आफैँले पठाउने तयारी गरेको छ । कोरिया सरकारले आगामी दिनमा छोटो अवधिको लागि मौसमी कामदारको माग गर्ने नीति ल्याउने भए पछि नेपाल सरकारले पनि सोही अनुसारको तयारी गरेको हो । मौसमी कामदार कोरिया पठाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि बनाएको छ । कार्यविधि…