चालु आवको अन्त्यसम्म राजधानीका तीनवटै जिल्लामा एफटिटिएच सेवा पुर्‍याइने

नेपाल टेलिकमले चालु आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा फाइबर टु द होम (एफटिटिएच) सेवा पुर्‍याउने भएको छ। राजधानीका मुख्य सहरी भागमा अहिले पनि एफटिटिएच सेवा पुगेकामा चालु आवको अन्त्यसम्म भने काँठ र ग्रामीण भेगमा लैजाने गरी तयारी गरिएको हो। टेलिकमले सन् २०१५ जनवरीदेखि पाइलट प्रोजेक्टका रुपमा एफटिटिएच सेवा सुरु गरेको थियो ।…