सन् २०२० मा कोभिड–१९ को रोकथामका लागि लगाइएको प्रतिबन्धपछि पहिलो पटक अर्को हप्ता भियनामा ओपेकसहितका राष्ट्रका (ओपेक प्लस) कार्टेलको बैठक हुने भएको छ । साउदी अरेबियाको नेतृत्वमा ओपेकका १३ सदस्य राष्ट्र र रुसको नेतृत्वमा रहेका १० सहयोगी राष्ट्रका प्रतिनिधिको सन् २०२० को वसन्त ऋतुपछि बुधबार हुने प्रत्यक्ष बैठक अस्ट्रियाको राजधानीमा पहिलो पटक हुन लागेको हो…