माछापुच्छ्रे बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई मासिक किस्तामा नेट टिभी तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने भएको छ । जसका लागि माछापुच्छ्रे बैंक, एनआइटिभी स्ट्रिम्ज प्रालि र वल्र्डलिंकबीच त्रिपक्षीय सम्झौता भएको छ। सम्झौता पत्रमा एनआइटिभी स्ट्रिम्ज प्रालि र वल्र्डलिंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी र केशव नेपाल तथा बैंकको तर्फबाट नायव महाप्रबन्धक प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका…