सबैले विश्वास गर्ने गरी काम गर्न तथा अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा कम्पनीहरुलाई निर्देशन

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाप्रतिको विश्वसनीयता बढाउनका लागि सबैले विश्वास गर्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन। बीमा समितिको आयोजनामा लुम्बिनी प्रदेशको बाँके जिल्लाको नेपालगञ्जमा आज बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख एवम् कर्मचारीहरुसँग भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले नागरिकको जीवन तथा सम्पत्तिको बीमा गरेर आर्थिक जोखिम लिने काम…