
मुलुकमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात साउनमा १५ अर्ब ५ करोड ७४ लाख २६ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
साउनमा संकलित बीमाशुल्क रकममध्ये १२ अर्ब ८५ करोड ४० लाख ४१ हजार रुपैयाँ नवीकरण बीमाशुल्क वापत संकलन भएको हो भने २ अर्ब २० करोड ३३ लाख ८५ हजार रुपैयाँ प्रथम बीमाशुल्क (एफपीआर) संकलन भएको हो ।
साउनमा नेपाल लाइफ इन्स्योरेन्सले ४ अर्ब ७७ करोड ३६ लाख ९१ हजार रुपैयाँ (३१.७० प्रतिशत) कुल बीमाशुल्क संकलन गरेको छ । जसमा ४ अर्ब ३० करोड २३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क र ४७ करोड १४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी नेपाल) ले १ अर्ब ८८ करोड ४९ लाख ८ हजार रुपैयाँ (१२.५२ प्रतिशत) कुल बीमाशुल्क संकलन गरेको छ । जसमा १ अर्ब ७७ करोड १७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क र ११ करोड ३१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।
तेस्रोमा ठूलो बीमाशुल्क संकलन गरेको नेशनल लाइफ इन्स्योरेन्सले साउनमा १ अर्ब ६१ करोड ५५ लाख ७० हजार रुपैयाँ (१०.७३ प्रतिशत) बीमाशुल्क आर्जन गरेको छ । जसमा १ अर्ब ३१ करोड ६७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क र २९ करोड ८८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।
युनियन लाइफले चौथो ठूलो बीमाशुल्क संकलन गरेको छ । नयाँ जीवन बीमा कम्पनीको रुपमा स्थापित यस कम्पनीले बीमा ब्यवसयामा उत्कृष्ट सुधार गरेपछि पुराना ६ वटा बीमा कम्पनी उक्त कम्पनीभन्दा पछाडि परेका हुन् । युनियन लाइफले साउन महिनामा कुल ८० करोड ३८ लाख ९५ हजार (५.३४ प्रतिशत) रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जसमध्ये ६९ करोड ६७ लाख नवीकरण र १० करोड ७१ लाख प्रथम बीमाशुल्क रहेको छ । एशियन लाइफले ७० करोड ६९ लाख ७६ हजार (४.७० प्रतिशत) रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जसमध्ये नवीकरण बीमाशुल्क ६० करोड ९१ लाख र प्रथम बीमाशुल्क ९ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
| Life Insurance Companies Premium collection in Shrawan 2079 (‘000) |
|||
| Name | First insurance Premium | Renewal insurance Premium | Total Premium Collection |
| Nepal Life | 4713.99 | 43022.92 | 47736.91 |
| Life Insurance corporation | 1131.62 | 17717.46 | 18849.08 |
| National Life | 2988.17 | 13167.53 | 16155.70 |
| Union | 1071.46 | 6967.49 | 8038.95 |
| Asian | 978.72 | 6091.04 | 7069.76 |
| Surya | 1213.89 | 4194.01 | 5407.90 |
| Citizen | 1229.85 | 3967.34 | 5197.20 |
| Rastriya Beema Sansthan | 503.58 | 4517.39 | 5020.98 |
| Met Life | 1083.49 | 3748.91 | 4832.40 |
| Prime | 564.57 | 4059.19 | 4623.76 |
| Jyoti | 1325.11 | 2713.34 | 4038.46 |
| Gurans | 210.53 | 3826.84 | 4037.37 |
| Sun Nepal | 1770.10 | 2171.98 | 3942.08 |
| I.M.E. | 668.42 | 3154.77 | 3823.19 |
| Reliance | 401.97 | 2613.24 | 3015.20 |
| Reliable Nepal | 1077.96 | 1843.19 | 2921.14 |
| Prabhu | 311.10 | 2033.73 | 2344.83 |
| Sanima | 388.14 | 1485.16 | 1873.30 |
| Mahalaxmi | 401.18 | 1244.88 | 1646.05 |
| Total | 22033.85 | 128540.41 | 150574.26 |
साथै सूर्या लाइफ, सिटिजन लाइफ र राष्ट्रिय बीमा संस्थानले ५० करोड बढी बीमाशुल्क संकलन गरेका छन् । सूर्या लाइफले ५४ करोड ७ लाख ९० हजार (नवीकरण बीमाशुल्क ४१ करोड ९४ लाख र प्रथम बीमाशुल्क १२ करोड १४ लाख) रुपैयाँ, सिटिजन लाइफले ५१ करोड ९७ लाख २० हजार (नवीकरण बीमाशुल्क ३९ करोड ६७ लाख र प्रथम बीमाशुल्क १२ करोड ३० लाख) रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ५० करोड २० लाख ९८ हजार (नवीकरण बीमाशुल्क ६० करोड ९१ लाख र प्रथम बीमाशुल्क ९ करोड ७८ लाख) रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
यस्तै साउनमा मेट लाइफले ४८ करोड ३२ लाख ४० हजार (नवीकरण बीमाशुल्क ३७ करोड ४९ लाख र प्रथम बीमाशुल्क १० करोड ८३ लाख) रुपैयाँ, प्राइम लाइफले ४६ करोड २३ लाख ७६ हजार (नवीकरण बीमाशुल्क ५० करोड ५९ लाख र प्रथम बीमाशुल्क ५ करोड ६४ लाख) रुपैयाँ, ज्योति लाइफले ४० करोड ३८ लाख ४६ हजार (नवीकरण बीमाशुल्क २७ करोड १३ लाख र प्रथम बीमाशुल्क १३ करोड २५ लाख) रुपैयाँ, गुराँस लाइफले ४० करोड ३७ लाख ३७ हजार (नवीकरण बीमाशुल्क ३८ करोड २६ लाख र प्रथम बीमाशुल्क २ करोड १० लाख) रुपैयाँ कुल बीमशुल्क संकलन गरेका छन् ।
बाँकी ७ जीवन बीमा कम्पनीहरुले साउन महिनामा साढे १६ करोडदेखि ४० करोड रुपैयाँसम्म कुल बीमाशुल्क संकलन गरेका छन् । सन नेपाल लाइफले ३९ करोड ४२ लाख ८ हजार (नवीकरण बीमाशुल्क ६० करोड ९१ लाख र प्रथम बीमाशुल्क ९ करोड ७८ लाख) रुपैयाँ, आइएमई लाइफले ३८ करोड २३ लाख १९ हजार (नवीकरण बीमाशुल्क ३१ करोड ५४ लाख र प्रथम बीमाशुल्क ६ करोड ६८ लाख) रुपैयाँ, रिलायन्स लाइफले ३० करोड १५ लाख २० हजार (नवीकरण बीमाशुल्क २६ करोड १३ लाख र प्रथम बीमाशुल्क ४ करोड २ लाख) रुपैयाँ, रिलायबल नेपाल लाइफले २९ करोड २१ लाख १४ हजार (नवीकरण बीमाशुल्क १८ करोड ४३ लाख र प्रथम बीमाशुल्क १० करोड ७८ लाख) रुपैयाँ र प्रभु लाइफले २३ करोड ४४ लाख ८३ हजार (नवीकरण बीमाशुल्क २० करोड ३३ लाख र प्रथम बीमाशुल्क ३ करोड ११ लाख) रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
यस्तै सानिमा लाइफले १८ करोड ७३ लाख ३० हजार (नवीकरण बीमाशुल्क १४ करोड ८५ लाख र प्रथम बीमाशुल्क ३ करोड ८८ लाख) रुपैयाँ र महालक्ष्मी लाइफले साउनमा सबैभन्दा कम १६ करोड ४६ लाख ५ हजार (नवीकरण बीमाशुल्क १२ करोड ४५ लाख र प्रथम बीमाशुल्क ४ करोड १ लाख) रुपैयाँ रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
साउनमा जीवन बीमा कम्पनीहरुले ७ लाख १० हजार ३४ वटा बीमालेख जारी गरेर ५ खर्ब ६७ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ बीमाङ्कको बीमा गरेका छन् । यस अवधिसम्ममा एक करोड ३० लाख ८९ हजार ४८६ वटा बीमालेख सक्रिय रहेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया