औद्योगिक क्षेत्रमा ७०० प्रतिशतसम्म भाडा बढाउँदा समस्या भयो : उद्योगी

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुको भाडा ७०० प्रतिशतसम्मले वृद्धि गर्दा उद्योगी समस्यामा परेको भन्दै उद्योगीहरुले छलफल थालेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ (फिनी) का बीच बुधबार भएको छलफलमा यो विषय प्राथमिकतामा परेको हो । एफएनसीसीआई सचिवालयमा मुलुकका औद्योगिक क्षेत्रभित्र संचालित उद्योगहरूमा उत्पन्न समस्याका बारेमा…