हिमालयन बैंकको सीईओमा अशोक राणा पुनः नियुक्त

हिमालयन बैंकको सीईओमा आशोक राणा पुनः नियुक्त भएका छन्। चैत २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई सिईओमा पुनः नियुक्त गरेको हो । २०८१ साल वैशाख ९ गतेदेखि लागू हुने गरी राणालाई आगामी चार वर्षे कार्यकालका लागि सिईओमा पुनः नियुक्त गरिएको हो । राणाले विगत १६ वर्षदेखि बैंकको सिइओको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन्…