एनआरएनएको विवाद समाधानतर्फः दुई अध्यक्षको व्यवस्था गर्ने समझदारी

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) भित्रको विवादका कारण दुई पक्षले अलगअलग महाधिवेशनको घोषणा गरिसकेको अवस्थामा पनि सहमति कायम भई संस्थालाई विघटन हुनबाट रोकिएको छ । अध्यक्षका प्रत्यासी कूल आचार्य र बद्री केसीका साथै रविना थापाबीच नेतृत्वको विषयमा सहमति भएको थियो । एनआरएनएको १० औं विश्व सम्मेलन यही चैत १० र ११ गते चुनावी प्रक्रिया टुङ्गिएपछि हुनेछ…